Logo

काम नगर्नेलाई जनताले छोड्दैनन् : नायिका थापा



काठमाडौं, ३१ बैशाख । राष्ट्रिय प्रजातन्त्त पार्टी नेत्रि तथा लोकप्रिय नायिका रेखा थापाले स्थानिय निर्वाचनमा आफ्नो मत खसालेकी छिन् । उनले काठमाण्डौं महानगरपालिका ७ चावाहिल स्थित पसुपति क्यापस मतदानकेन्द्रमा पुगेर भोट हालेकी हुन् ।

रिपोर्टर्सनेपाल डटकमसँगको कुरा कानिमा निर्वाचनको बेलामा राजनीतिक दलले गरेका कबुलहरु पुरा नभएको खण्डमा जनताले माफि नदिने बताएकी छन् ।

उनले भनिन्,‘चुनावको बेला नेता कार्यकर्ताले जनताको बीचमा गरेका हरेक कवुलहरू जरुर पुरा गर्नैपर्छ, फेरी पनि जनतालाई झुक्याउने काम कसैबाट भयो भने, जनताले माफि दिनेवाला छैनन, र म जनताको पक्षमा उभिएको त्यसको खबरदारी गर्नेछु ।

सारै खुसिको महसुस गर्दै अघि थपिन्,‘यति लामो समय पछि स्थानीय तहको निर्वाचनमा मत हाल्न पाउँदा खुसि लाग्यो, अब देशमा केही हुन्छ भन्ने आशा पलाएको छ, महिला दीदिबहिनीको बीचमा लाईन बसेर मत हाल्न पाए, पाकाउमेरका आमादीदी बहिनीहरूका केही गुनासा पनि सुने, भोट आवश्यकता परेका मात्र आउछन्, भन्ने गुनासा पनि सुनाउनु भयो, अर्कोख तर्फ मलाई नै मेयरको उम्मेदवार उठ्ने हल्ला थियो भनेर उहाँहरूले भन्नु भयो र पुराना मानिस भन्दा नयाँ यूवाले केही गर्छन् भन्ने परेको छ, मतदाताले खुब दुःख गरेको छन् अब काम गर्नुपर्ने हुन्छ ।’

नायिका थापालाई हाम्रो मान्छेलाई हाल्नु भयो या राम्रो मान्छेलाई मत हाल्नु भयो भनेर गरिएको प्रश्नको जवाफमा भनिन्, मैले मात्रै होईन सबै नेपाली जनताले एक्कासै सताब्दिमा आएर पनि हाम्रो भन्यौ भने, त्यो हाम्रो ठुलो भुल हो, अबको विकास, शान्ति, सुरक्षा, आर्थिक पारदर्शिता, लगनशिलता, कतव्र्यवान भए मात्रै सम्भव छ, त्यसैले मैले पनि यो मान्यतालाई आफ्नो मतबाट पुष्टि गरेकी छु ।’

पहिलो संविधान सभाको चुनावपछि रेखाले पहिलो पटक भोट हालेकी हुन् । दोश्रो संविधान सभाको चुनावमा भने रेखाले मतदात नामावलीमा थिएन ।



प्रतिक्रिया दिनुहोस्