Logo

स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन र समृद्धिको बाटो खुलेको छः ओली



भक्तपुर, ३१ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपलिका–२ बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

उहाँसँगै आउनुभएकी उहाँकी पत्नी राधिका शाक्यले पनि मतदान गर्नुभएको छ । उहाँले बीस वर्षपछि भएको स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको यो निर्वाचनले अरू दुई तहको निर्वाचनको बाटो पनि खुलेको बताउनुभयो । “स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन एवम् विकास र समृद्धिको बाटो पनि खुलेको छ ”, उहाँले भन्नुभयो ।

निर्वाचनमा मतदाता उत्साहजनक सहभागी भएकाले पनि देश विकास र अग्रगतिमा जाओस् भन्ने चाहना मतदाताको रहेको उहाँले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्