Logo

भोट हाल्न नपाएपछि करिश्मा विनोदसँग चुर



काठमाण्डु, ३१ वैशाख – नायिका करिश्मा मानन्धर राजधानीको मतदाता नामावलीमा आफ्नो नभएको र आफलेू मतदान गर्न भन्दै आफ्ना पति विनोद मानन्धरमाथि आक्रोश पोखेकी छिन् ।

नयाँ शक्ति नेपालमा लागेर राजनीतिमा होमिएकी करिश्माले पति विनोद मानन्धरले आफूहरुका लागि गरेका हरेक कुरालाई ‘कृपा’ मान्नुपर्ने भन्दै आक्रोश पोखेकी हुन् ।

मतदानका दिन आज फेसबुकमा आफ्नो स्थितिबारे लेख्दै भनेकी छिन् ‘विनोद, तिमी एउटा परिवारमा बस्छौ र परिवारका हरेक सदस्यहरुको आफ्नो अधिकार र चाहना हुन्छन्। तिम्रो एकल निर्णयले हुँदैन । सबै कुरामा तिमी नै मालिक बन तर केही कुरा सहन सकिदैन ।’

पति विनोदले लाजिम्पाटबाट भोटिङ कार्ड लिदा आफ्नो र छोरीको मात्र बनाएको तर आफ्नो नबनाइदिएमा उनको आक्रोश केन्द्रित छ । उनले भनेकी छिन् ‘हामी लाजिम्पाटमा बस्छौ, आफ्नो र छोरीको बसाई सराई गरेर उहाँले भोटिङ कार्ड लिनु भएछ, तर उहाँले मेरो पनि लिनुपर्छ भनेर जरुरी संझिनु भएन, मैले उहाँलाई यो बिषयमा सोधेँ, तर वास्ता गर्नु भएन, म आफै गएर ३ घन्टा लाइन बसेर रजिस्टर गरेँ, बसाई सराइको कागज थिएनँ, त्यसैले सप्तरीको लिस्टमा पुगेछ, न म राजबिराजको हो, न त म त्यहाँ कैले बसेके छु । कसरी गएर भोट दिने ? अरु सबै कुरामा उ मेरो मालिक होला, तर मेरो नैसर्गिक अधिकारमा पनि स्वामित्व जमाउन खोजेको मलाई सह्य भएनँ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot