Logo

काठमाडौंको सबै केन्द्रका मतपेटिका राष्ट्रियसभा गृहमा ल्याईयो, नेता तथा कार्यकर्ताहरुको ठूलो भीड (फोटोफिचर)



काठमाडौं, ३१ बैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि ५ बजेसम्मको समय तोकेको थियो। साँझ ५ बजेसम्म लाइनमा बसिसकेकाहरुलाई मतदान अधिकृतले मतदान गर्न दिनेछन्। ५ बजिसकेपछि मतदान  केन्द्र पुग्नेलाई मतदान अधिकृतले प्रवेश अनुमति दिने छैनन्।

काठमाडौंका सबै मतदानकेन्द्हरुबाट मतपेटिका धमाधम राष्ट्रियसभागृहमा ल्यायाउने काम जारी छ ।

त्यस्तै निर्वाचन भएका अन्य ठाउँहरुमापनि अहिले लाइनमा बसेकाहरुले मतदान गरिरहेका छन् । मतदान सकेपछि मतदान अधिकृतले मतदान समापन भएको घोषणा गर्दै सबै उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिलाई बोलाउने छन्।

उनीहरुको रोहवरमा मतदान अधिकृतले मतपटिकाको मत खसाल्ने प्वाल बन्द गरी हरियो रङको सुरक्षण शील लगाउनेछन्। त्यसरी बन्द गर्दा उम्मेदवार र प्रतिनिधिको रोहवर मुचुल्का तयार गर्नेछन् र त्यसमा उम्मेदवार, प्रतिनिधि र उपस्थित अधिकारीको हस्ताक्षरसहितको सही छाप लिनेछन्।

आयोगले देशभरि ७० प्रतिशतभन्दा बढि नै मत खसेको दाबी गरेको छ ।
तस्विर :मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot