Logo

काठमाडौं महानगरपालिकाको मतगणना आजै हुने



काठमाडौ, ३१ बैशाख। मतदान समय सकिएसँगै उपत्यकाका दुई महानगरपालिका काठमाडौं र ललितपुरमा आजै मतगणना सुरु हुने भएको छ ।

काठमाडौं महानगरपालिकाको आजै मतगणना सुरु हुने भएको छ । जिल्ला निर्वाचन अधिकृतहरुले दिएको जानकारी अनुसार भक्तपुरका चारै नगरपालिकामा पनि आजै खमतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

काठमाडौंको मतदानपछि मतपेटिका राष्ट्रिय सभागृहमा ओसारिएका छन् । मतदान सम्पन्न भएपछि काठमाडौं महानगरका विभिन्न मतदान केन्द्रबाट मतपेटिका राष्ट्रिय सभागृहमा ओसारिएको हो ।

नेपाल प्रहरीले प्रयोग गरेको बस, ट्रक तथा भ्यानमा मतपेटिका ओसारिएको हो । अधिकांश मतपेटिका सभागृहमा केन्द्रित गरिसकिएको छ । महानगरका सबै मतपेटिका केन्द्रित गरिएपछि आइतबार बेलुकाबाट नै मतगणना शुुरु गरिने बताइएको छ । निर्वाचन अधिकृतहरुले उम्मदवारहरुसँग छलफल गरेपछि मतगणना कतिबेलादेखि शुरु गर्ने निश्चित हुनेछ ।

स्थानीय तह निर्वाचन अन्र्तगत आइतबार प्रदेश ३ ,४ र ६ मा बिहान ७ बजेदेखि मतदान भएको हो । मतदानका लागि बिहान ७ बजे देखि सांझ ५ बजे सम्मको समय दिइएको थियो । अन्य ठाउँका मतपेटिकाहरु पनि सिलबन्दी गरी मतगणना गर्ने स्थलहरुमा पुर्याउने काम भइरहेको छ ।

आइतबार ३ वटा प्रदेशका ४ महानगरपालिका, १ वटा उपमहानगरपालिका, ९२ नगरपालिका र १ सय ८६ गाउपालिका प्रतिनिधि, नगरप्रमुख र वडा अध्यक्ष गरी २ सय ८१ र सोही संख्यामा उपप्रमुख वा उपाध्यक्ष चयनका लागि मतदान भएको हो । पहिलो चरणमा तीन वटै प्रदेशबाट १३ हजार ५ सय ५६ जना जनप्रतिनिधि चुनिनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot