Logo

कालीकोटको मालकोटमा प्रहरी र विप्लव माओवादीका कार्यकर्ताहरुसँग झडप



कालिकोट, ३१ बैशाख । कालीकोटको मालकोट गाउँपालिकामा प्रहरी र विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताहरुसँग झडप भएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी गिरिराज सुवेदीले विप्लव समूहले मतपेटिका जलाउन खोजेपछि गोली चलाउनु परेको बताए ।निर्वाचन अधिकृत र सुरक्षाकर्मीहरुलाई ढुंगामुढा गरेपछि प्रतिकार गर्नुपरेको उनले बताए ।

८ सय ७९ मतदाता रहेको माल्कोटमा दिउँसो १२ बजेसम्म ५ सय ५० मत खसे पनि त्यसपछि मतदान गर्न कोही नआएको र बेलुकी ५ बजे मतदान केन्द्र बन्द गरेर गाउँपालिकाको केन्द्र कुमालगाउँ तर्फ आउने बेला विप्लव कार्यकताले ढुंगामुढा गरी मतपेटिका खोसेर जलाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot