Logo

बालमैत्री वातावरण निर्माण परियोजनाका लागिरकम सङ्कलन



महोत्तरी, २ जेठ । मुठ्ठीदान अभियानमार्फत महोत्तरीको बर्दिबासस्थित जनता माध्यमिक विद्यालयले विद्यालयको परिसरमा शुरु गरेको ‘बालमैत्री वातावरण निर्माण परियोजना’ का लागि रु डेढ लाखभन्दा बढी रकम सहयोगस्वरुप सङ्कलन भएको छ ।

गत बिहीबारदेखि सुरु गरेको सो अभियानअन्तर्गत विगत चार दिनको अवधिमा रु एक लाख ६० हजार ३५५ सहयोग सङ्कलन भएको हो ।

मुठ्ठीदान अभियानअन्तर्गत बिहीबार पहिलो दिन रु ७८ हजार २९३, शुक्रबार रु २८ हजार ८३७, शनिबार रु ३७ हजार ९२५ र सोमबार रु १५ हजार ३०० गरी कुल रु एक लाख ६० हजार ३५५सङ्कलन भएकोे परियोजनाको सञ्चार सहयोगी तथा सामाजिक अभियन्ता राजकरण महतोले जानकारी दिनुभयो ।

जेठ महिनाभित्र निर्माण कार्य सम्पन्न हुने गरी विद्यालयमा सञ्चालित परियोजना सम्पन्न गर्न कुल रु ४८ लाख छ हजार ८२६ खर्च हुने अनुमान गरिएको अभियन्ता महतोले बताउनुभयो ।

परियोजनाभित्र ५०० मिटर पक्की बाटोमा सडकको दुवैतिर रेलिङसहितको अत्याधुनिक गार्डेन निर्माण गरिने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण महतोले बताउनुभयो ।

विद्यालयको परिसरभित्र रहेको करिब एक बिगाहा क्षेत्रफलमा चिल्ड्रेन पार्क, अत्याधुनिक फाउन्टेन (झरना), सांस्कृतिक कार्यक्रमको लागि स्टेज, सवारी पार्किङ स्थल, खानेपानीको धारा निर्माण सो परियोजनाभित्र रहने उहाँले जानकारी दिनुभयो ।

विसं २०१६ मा स्थापित भएको सो विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्ममा गरी एक हजार छ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका सूचना अधिकारी सुशीलकुमार यादवले बताउनुभयो ।

समुदायबाट सहयोग सङ्कलन गर्न विद्यालयका शिक्षक, विद्यार्थीहरु समूहमा घर घर हिँडेर मुठ्ठीदान अभियानअन्तर्गत सहयोग सङ्कलन गरिरहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot