Logo

मतगणना सहज बनाउन प्राधिकरणको विशेष सजगता



काठमाडौँ, २ जेठ । स्थानीय तहको निर्वाचनको मत गणना भइरहेका केही स्थानमा विद्युत् आपूर्तिमा समस्या देखिएको भन्दै गुनासो आएपछि नेपाल विद्युत् प्राधिकरणले विशेष सजगता अपनाएको छ ।

दिउँसोको समयमा केही स्थानमा हावाहुरीका कारण समस्या आएको तथा केही स्थानमा प्रसारण लाइन ट्रिप भएको गुनासो बढेपछि प्राधिकरणले सजकता अपनाएको हो ।

धादिङ, चितवन, नुवाकोटलगायत जिल्लामा हावाहुरीले विद्युत् आपूर्तिमा सामान्य समस्या देखिएको बताइएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले समस्या आएको खण्डमा वैकल्पिक उपाय अपनाएर भए पनि विद्युत् आपूर्ति नियमित गराउन आफूहरु दिनरात लागिपरेको बताउनुभयो ।

“राष्ट्रिय महत्वको स्थानीय तहको निर्वाचनको मतगणना प्रभावित नहोस् भनेर हामीले विशेष ध्यान दिएका छौँ”, प्रवक्ता अधिकारीले भन्नुभयो । कुनै पनि समस्या आए तत्काल प्राधिकरणको स्थानीय वितरण केन्द्रमा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो ।

प्राधिकरणले मतगणना भइरहेका ३४ जिल्लामध्ये केन्द्रीय प्रसारण लाइन पुगेका जिल्लामा चौबीसै घन्टा विशेष टोली परिचालन गरिएको जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot