Logo

काठमाडौंमा कांग्रेसको अग्रता, ललितपुर, पोखरा र भरतपुरमा एमाले उम्मेदवार अगाडि UPDATED



काठमाडौं, २ जेठ। आइतबार भएको स्थानीय तहअन्तर्गतका चारओटा महानगरपालिकाको निर्वाचन परिणामप्रति धेरैको चासो देखिएको छ ।

काठमाडौं, ललितपुर, भरतपुर र पोखरा–लेखनाथ महानगरपालिकामा कसले जित हात पार्छ ? भन्ने सर्वत्र चासो छ । पछिल्लो परिणामअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार अगाडि देखिएका छन् भने ललितपुर, पोखरा र भरतपुर महानगरपालिकाको प्रमुखमा एमाले उम्मेदवार अगाडि रहेका छन् ।

काठमाडौंमा कांग्रेसका राजुराज जोशीले ३४७ मत, एमालेका विद्यासुन्दर शाक्यले ३२४ र विवेकशील पार्टीकी रञ्जु दर्शनाले २१२ मत पाएका छन् ।

यस्तै, ललितपुरमा एमालेका हरिकृष्ण ब्यञ्जनकार ४९२६ मतसहित अगाडि छन् भने कांग्रेस उम्मेदवार चिरीबाबु महर्जन ४७४४ मतसहित दोस्रो स्थानमा छन् ।

यस्तै पोखरा महानगरपालिकामा एमाले उम्मेदवार मानबहदाुर जिसीले १८८९ मत र कांग्रेसका रामजी कुँवर १७८८ मत पाएका छन् ।

यस्तै भरतपुरमा एमाले उम्मेदवार देवी ज्ञवालीले १०७८ र माओवादी केन्द्रकी रेणु दाहालले ७७४ मत पाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot