Logo

उपराष्ट्रपति पुनसँग नेपालका लागि नर्वेका राजदूत पिटर्सनको शिष्टाचार भेट



काठमाडौँ, २ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि नर्वेका राजदूत चेल टोरमोड पिटर्सनले शिष्टाचार भेट गर्नुभएको छ ।

उपराष्ट्रपतिको कार्यालयमा आज भएको शिष्टाचार भेटवार्तामा उहाँले नेपालको शान्ति प्रक्रियामा नर्वेले गरेको सहयोग नेपालले कहिल्यै बिर्सन नसक्ने बताउनुभयो । उहाँले शान्तिप्रक्रियामा नर्वेले गरेको सहयोगले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनेको बताउनुभएको उहाँका प्रेस सल्लाहकार मनोज घर्तीले जानकारी दिनुभयो ।

भेटमा नर्वेका राजदूतले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएकामा बधाई दिनुभयो । उहाँले दोस्रो चरणको निर्वाचन सफलताको शुभकामनासमेत व्यक्त गर्नुभयो । उहाँले नेपालले गरिरहेको आर्थिक प्रगतिमा नर्वे खुसी र सन्तुष्ट रहेको बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot