Logo

देउवाले एक्कासी बोलाए राजपाका शीर्ष नेताहरुलाई, सिंहदरबारमा निर्णायक छलफल जारी



काठमाडौं, ३ जेठ । प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवगठित राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुलाई बोलाएर छलफल सुरु गरेका छन् ।

सत्तारुढ दल कांग्रेसका शीर्ष नेताहरु तथा राजपा नेपाल शीर्ष नेताहरु सम्मिलित संयक्त बैठक सिंहदरबारस्थित् कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ ।
पहिलो चरणको स्थानीय चुनावमा सहभागी नभएको राजपा दोस्रो चरणको चुनावमा भने सहभागी हुने बुझिएको छ।

त्यस्तै आजको बैठकमा भोलि बस्ने व्यवस्थापिका–संसद बैठकमा संविधान संशोधन प्रक्रिया अघि बढाउने या नबढाउने भन्नेबारेमा पनि छलफल भैरहेको एक नेताले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot