Logo

देउवालाई भेटेपछि राजपाका शीर्ष नेताहरु प्रचण्ड भेट्न बालुवाटारमा



काठमाडौं, ३ जेठ । सत्तारुढ दल नेपाली कांग्रेस र राष्ट्रिय जनता दलका शीर्ष नेताहरुको संयुक्त बैठक सम्पन्न भएको छ ।

बुधबार सिंहदरबारस्थित् कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठक भर्खरै सम्पन्न भएको छ । बैठकमा संविधान संशोधन, स्थानीय तहको दोस्रो निर्वाचनको तयारी लगायतका विषयमा कुरा भएको थियो ।

राजपाका शीर्ष नेता राजकिशोर यादवका अनुसार आजको बैठकमा संविधान संशोधनबारे छलफल भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन चाँडो भन्दा चाँडो पारित गराएर दोस्रो चरणको स्थानीय निर्वाचनको तयारीमा जुट्नुपर्ने धारणा राखेका थिए ।

त्यस्तै राजपाका शीर्ष नेताहरुलेपनि सम्भव भएसम्म भोलि नै, नभएपनि चाँडै संशोधन प्रस्ताव पारित गराउनुपर्ने माँग राखेका थिए ।

संविधान संशोधनमा सहमति जुटाउनको लागि भोलि बिहीबार विहान काँग्रेस, माओवादी केन्द्र र राप्रपाको बैठक बस्ने तय भएको छ ।

कांग्रेससँगको भेटवार्ता सकिएलगत्तै राजपाका शीर्ष नेताहरु यतिवेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्