Logo

आइपीएल क्रिकेटमा साविक विजेता सनराइजर्स हैदरावाद पराजित



काठमाडौं,  ४जेठ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा साविक विजेता सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले दोस्रो क्वालिफायरमा आफ्नो स्थान सुरक्षित तुल्याएको छ ।

बुधबार राति सम्पन्न म्याचमा पहिले ब्याटिङ गर्दै हैदरावादले सात विकेटको क्षतिमा १२८ रन बनाएको थियो । वर्षाले प्रभावित म्याचको दोस्रो इनिङ निकै ढिलो सुरु भएको थियो । ६ ओभरमा सीमित गरिएको दोस्रो इनिङमा कोलकता सामू जितका लागि ४८ रनको लक्ष्य दिइएको थियो ।

पहिलो ओभरमै कोलकाताले महत्वपूर्ण दुई विकेट गुमाएको थियो । दोस्रो ओभरमा अर्को एक विकेट गुमाएको कोलकातालाई लक्ष्य पुरा गर्न सुरुवाती झट्काले कुनै असर गरेन ।

दोस्रो क्वालिफायरमा कोलकाताले मुम्बई इन्डियन्सको सामना गर्ने छ । सो खेलको विजेताले फाइनलमा राइजिङ पुणे सुपरजाइन्टसँग उपाधिका लागि भिडन्त गर्ने छ । पुणले मुम्बईलाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot