Logo

नवराज सिलवालको सुनुवाई स्थगित



काठमाडौं, ४ जेठ । डिआइजी नवराज सिलवालको नातेदार परेका कारण आइजिपी नियुक्ति प्रकरणको सुनुवाई स्थगित भएको छ ।

प्रधान न्यायाधीश सुशीला कार्कीले नवराज सिलवालको मुद्दाको सुनुवाई गर्न वृहत पूर्ण इजलास गठन गरेकी थिइन् । इजलासमा तोकिएका न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ सिलवालको नाता पर्ने भएको खुलेपछि इजलास स्थगित भएको छ ।

वृहत पूर्ण इजलासमा ७ न्यायाधीशहरु देवेन्द्रगोपाल श्रेष्ठ, चोलेेन्द्र शमसेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot