Logo

रियल मड्रिड ला लिगाको उपाधि नजिक, बार्सिलोनाभन्दा तीन अंकले अगाडि



काठमाडौं, ४ जेठ । क्रिस्टियानो रोनाल्डोको २ गोलको सहयोगले सेल्टा भिगोलाई ४–१ ले पराजित गर्ने क्रममा रियल म्याड्रिड स्पेनिस ला लिगा जितका लागि एक अंकले मात्र पछाडि रहेको छ। बुधबार राती सेल्टा भिगोविरुद्धको खेलमा रोनाल्डोले १० र ४८ मिनेटमा गोल गरे। उनको यसपालिको ला लिगामा यो २४ औं गोल थियो।

बाँकी गोल करिम बेञ्जेमाले ७० र टोनी क्रुसले ८८ मिनेटमा गरे। ६२ मिनेटमा लागो अस्पासलाई दोस्रो पहेँलो कार्डका कारण गुमाएको घरेलु टोली अन्तिम २८ मिनेट १० खेलाडीमा सिमित थियो। जोन गुइडेटीले ६९ मिनेटमा एक गोल फर्काएका थिए।

यो जितपछि रियलले बार्सिलोनाभन्दा ३ अंकको अग्रता बनाएका छ। दुवै टोलीले १–१ खेल खेल्न बाँकी छ। आउँदो आइतबार बार्सिलोना आफ्नो घरेलु मैदानमा आइबारसँग खेल्दैछ। म्याड्रिडले भने मालागाविरुद्ध खेल्नेछ। बार्सिलोनालाई उपाधि जित्न आइबारविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ। तर, रियललाई बराबरी खेलेको अवस्थामा पनि उपाधि जित्नबाट कसैले रोक्ने छैन्।

रियलको ३७ खेलमा ९० अंक छ भने बार्सिलोना ८७ अंकका साथ दोस्रो स्थानमा छ। रियलले २०१२ देखि लिग उपाधि जितेको छैन्। जिनेदिन जिदानका लागि यसपालि लिग उपाधि जित्ने राम्रो अवसर जुरेको छ। एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot