Logo

राष्ट्रसङ्घीय अदालतद्वारा पाकिस्तानलाई भारतीय जासुसको हत्या नगर्न आदेश



द हेग (नेदरल्यान्ड), ५ जेठ । संयुक्त राष्ट्रसङ्घको उच्च अदालतले पाकिस्तानद्वारा फाँसी दिन लागेका एक भारतीय नागरिकलाई सो सजाय रोक्न बिहीबार आदेश दिएको छ ।

अन्तर्राष्ट्रिय अदालतमा भारतीय नागरिक कुलभुषण सुधिर यादवको फाँसीको सजाय रोक्न नयाँ दिल्लीद्वारा गरेको अपिलबमोजिम सो निर्णय आएको हो ।

भारतले यादवलाई उहाँको मुद्दाको अदालतबाट अन्तिम निर्णय आउनुपूर्व फाँसी दिन रोक्न भनी आग्रह गरेको छ ।

यादवलाई पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बोलिचिस्तानबाट मार्च २०१६ मा पक्राउ गरेको थियो । यादवले आफू पाकिस्तानी गुप्तचर सेवाविरुद्ध जासुसी गर्दै आएको अपराध स्वीकार गरेको भन्दै गत महिना पाकिस्तानी सैन्य अदालतले फाँसीको सजाय सुनाएको थियो ।

यद्यपि पाकिस्तानी दाबीको भारतले खण्डन गर्दै यादव जासुसी नभएको बताएको छ । रासस/एएफपी



प्रतिक्रिया दिनुहोस्

Screenshot