Logo

दोस्रो चरणको निर्वाचनपनि उत्सापूर्ण हुने प्रधानमन्त्री प्रचण्डको दाबी



काठमाडौं, ५ जेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो चरणको स्थानीय निर्वाचन उत्सवपूर्ण हुने बताएका छन्।

शुक्रबार नवलपरासीको शास्वतधाम पुगेका प्रधानमन्त्री दाहालले सञ्चारकर्मीसँग कुरा गर्दै मधेस केन्द्रीत राष्ट्रिय जनता पार्टीसहित सबै राजनीतिक दलको सहभागिता हुने भएकाले दोस्रो चरणको निर्वाचन उत्सवमय हुने बताएका हुन्।

प्रधानमन्त्री दाहालले पहिलो चरणको निर्वाचन पनि उत्सवकै रुपमा भएको बताए। दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेका लागि तोकिएको छ। वैशाख ३१ गतेको निर्वाचनको मत परिणाम आउने जारी छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot