Logo

निर्णायक वार्ता भन्दै प्रचण्डले बालुवाटारमा बोलाए ७ दललाई



काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलसहित राप्रपा, राष्ट्रिय जनता पार्टी, नेपाल लोकतान्त्रिक फोरम, संघीय गठबन्ध र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेताहरुलाई बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सबै दलका शीर्ष नेताहरु भेला भैसकेका छन् । बालुवाटार स्रोतका अनुसार बैठकमा सबै दलका अध्यक्षहरुको सहभागिता रहेको छ । बैठकमा संविधान संशोधनमा कसरी सहमति जुटाउने, जेठ १५ गतेको बजेट, सरकार गठन र दोस्रो चरणको निर्वाचनमा सबै दलहरुलाई कसरी सहमति गराउने भन्नेबारेमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्