Logo

मुख्य निर्वाचन कार्यालय शनिबारदेखि पूर्ण सञ्चालन आउने



काठमाडौँ, ५ जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि शनिबारदेखि ४३ जिल्लामा रहेका मुख्य निर्वाचन कार्यालय पूर्ण रुपमा सञ्चालन आउने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले शनिबारदेखि ४३ जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालय पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जेठ १५ बाट निर्वाचन अधिकृतको कार्यालय पनि सञ्चालनमा आउनेछन् ।” विसं २०७४ जेठ ३१ गते बुधबार हुने दोस्रो चरणको निर्वाचनमा चार प्रदेशका ४६१ स्थानीय तहमा निर्वाचन हुँदैछ । प्रदेश नं १, २, ५ र ७ प्रदेशमा हुने दोस्रो चरणको निर्वाचन १२ उपमहानगरपालिका, १५६ नगरपालिका र २९३ गाउँपालिकामा हुनेछ । सो निर्वाचनमा ९० लाख ९७ हजार ५५७ जना मतदाता रहेको आयोगले जनाएको छ ।

निर्वाचन अधिकृतले यही जेठ १५ गते कार्यालय सञ्चालन गरेपछि कर्मचारीको तालिम सञ्चालन गर्नेछन् । निर्वाचन कार्यक्रमनुसार जेठ १९ गते उम्मेदवारको मनोनयन र जेठ २२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ । दोस्रो चरणको निर्वाचनमा ११ हजार ९३१ मतदान केन्द्र रहने छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot