Logo

भरतपुर महानगरपालिकाको मतगणना अझै सुचारु भएन



चितवन । मतगणनामा तलमाथि गरिएको आरोप लगाउँदै कांग्रेस, माओवादी केन्द्र र राप्रपाका कार्यकर्ताले मत गणनास्थल बाहिर नाराबाजी गरेपछि भरतपुरमा मतगणना स्थगित भएको छ ।भरतपुर महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । निर्वाचन अधिकृतले नै मतगणनामा धाँधली गरेको आरोप लगाउँदै कांग्रेस, माओवादी केन्द्र र राप्रपाले बहिस्कार गरेपछि मतगणना स्थगित भएको हो ।

गणना पुनः सुचार गर्न सहमति खोज्ने भन्दै गरिएको बैठकमा सहमति नजुटेपछि मतगणना अन्योल बनेको छ ।  तीन दलले नौ नम्बर वडाको मतगणना गर्दा निर्वाचन अधिकृतले धाँधली गरी मत तलमाथि पारेको, गणना अपारदर्शी बनाएको आरोप लगाएका छन् । नौ नम्बर वडाको परिणाम सार्वजनिक गर्ने क्रममा उनीहरू त्यस्तो आरोप लगाउँदै गणनास्थलबाट बाहिरिएका थिए ।

बाहिर तीन दल समर्थित कार्यकर्ताले नारावाजी गरेका थिए ।तीन दलको तर्फबाट मतगणनास्थल परिसरमै पत्रकार सम्मेलनको समेत आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले निर्वाचन अधिकृतले मत फेरबदल गरी धाँधली गरेको आरोप लगाए । सदर र बदर मतको रेकर्ड पारदर्शी नराखेको, कम्प्युटरमा चढाउनको क्रममा बदनियतपूर्ण तरिकाले घटी–बढी गरिएको, मतगणनासम्बन्धी तथ्यांक सार्वजनिक नगरी लुकाएको उनीहरूको आरोप छ । माओवादी कार्यकर्ताले ९ नम्बर वडाको सुरुवाती मत गन्दा रेणु दाहालले अग्रता लिएपनि पछि मत तलमाथि गरिएको आरोप लगाएका छन् ।

माओवादी कार्यकर्ताले अहिले मतगणना स्थलबाहिर नाराबाजी गरिरहेका छन् । आधा घण्टादेखि भरतपुरको मतगणना स्थगित भएको छ ।



प्रतिक्रिया दिनुहोस्