Logo

पूर्व कुशाहा पूर्णखोपयुक्त गाउँ घोषित



इटहरी, ६ जेठ । सुनसरी जिल्लालाई पूर्ण खोपमुक्त बनाउने अभियानका क्रममा हरेक गाउँ, नगर र सहरका बालबालिकालाई आवश्यकपर्ने सबै प्रकारका खोप दिनुपर्ने नीति अनुसार पछिल्लो पूर्व कुशाहालाई आज पूर्ण खोपमुक्त गाउँ घोषणा गरिएको छ ।

साविक पूर्व कुशाहा गाविस तथा हालको दुहवी नगरपालिका–११ भएको सो गाउँका एक हजार ५५२ घर रहेको सो वडाको पछिल्लो तथ्याङ्कमा आएको विवरणअनुसार १४६ जना बालबालिकालाई खोप दिएपछि उक्त गाउँ पूर्ण खोपयुक्त गाउँ घोषित बन्न सफल भएको हो ।

पूर्व कुशाहा स्वास्थ्य चौकीका प्रमुख सुनिलकुमार भगतकाअनुसार स्वयम् सेविका समेतको सक्रियतामा गाउँका सबै बालबालिकालाई स्वास्थ्य सेवा विभागले तोकेका सबै प्रकारका खोप दिइएकाले गाउँलाई पूर्ण खोपमुक्त घोषित गरिएको हो ।

आठ हजार ७४५ जनसङ्ख्या रहेको सो गाउँका सबै बालबालिका सबैले खोप प्राप्त गरेको र भविष्यमा जन्मने बालबच्चालाई खोप उपलब्ध गराउने कार्यमा सक्रियता जारी राखिने बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot