Logo

वल्र्ड हाईपरटेन्शन डे–२०१७ को अवसरमा पदयात्रा सम्पन्न



काठमाडौं, ६ जेठ । नेश्नल हार्ट फाउण्डेशन र पाटन प्याथ ल्याब लगनखेलले आज संयुक्त रुपमा वल्र्ड हाईपरटेन्शन डे–२०१७ मनाएका छन् । उनीहरुले उक्त अवसरमा पदयात्रा गरेर दिवस मनाएका हुन् ।

शनिबार ललितपुरको लगनखेलस्थित् पाटन प्याथ ल्याबको कार्यालयबाट पदयात्रा सुरु भएर कुमारीपाटी हुँदै पाटन दरबारस्क्वायर हुँदै पूनः लगनखेलमा आएर समापन भएको फाउण्डेशनका अध्यक्ष डा. शिवजी सिलवालले जानकारी दिए ।

उनका अनुसार उक्त दिवसको अवसरमा फाउण्डेशन र ल्याब मिलेर विशेष अन्तरक्रियात्मक कार्यक्रम समेत सञ्चालन गरेका थिए । उच्च रक्तचापका बारेमा जनचेतनामूलक अन्तरक्रिया भएको डा. सिलवालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot