Logo

स्पेनिस लिग ला लिगाको उपाधि रियाल मड्रिडलाई



काठमाडौं, ८ जेठ । स्पेनिस ला लिगा फुटबलको उपाधि रियाल मड्रिडले जितेको छ ।

आइतबार राति भएको सिजनको अन्तिम खेलमा मालागालाई २-० ले हराउँदै रियाल मड्रिडले कीर्तिमानी ३३ औं पटक लिग उपाधि जितेको हो ।रातिको खेलमा रियाल मड्रिडलाई विजयी गराउन क्रिश्चियानो रोनाल्डो र करिम बेन्जमाले एक–एक गोल गरे ।

जितसँगै रियाल मड्रिडले पाँच वर्षपछि स्पेनिस लिगको उपधि जितेको हो । यसअघि पोर्चुगीज प्रशिक्षक जोजे मौरीन्होले सन् २०१२ मा रियाललाई च्याम्पियन बनाएका थिए ।

यसपटक पूर्व खेलाडी जिनेदिन जिदानको प्रशिक्षणमा रियाल मड्रिडले उपाधि उचालेको हो ।यता रियाल मड्रिडको जितसँगै साविक विजेता बार्सिलोनाको लगातार तेस्रो पटक स्पेनिस च्याम्पियन बन्ने अभियान रोकिएको छ ।

ला-लिगाअन्तर्गत आइतबार राति भएको अर्को खेलमा बार्सिलोनाले आईबारलाई ४-२ ले पराजित गर्‍यो ।एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot