Logo

बिरगंज र बिराटनगरलाई महानगरपालिका बनाउने, र स्थानीय तहको संख्या थप्ने कार्यदलको निर्णय



काठमाडौं, ८ जेठ । स्थानीय तहको संख्या थपघट गर्न गठन भएको कार्यदलले बीरगंज र बिराटनगरलाई महानगरपालिका बनाउनको लागि सिफारिश गरेको छ ।
सोमबार बसेको कार्यदलको बैठकले यस्तो सिफारिश गरेको हो । सरकारले स्थानीय विकास तथा संघीय मामिला मन्त्री विजय कुमार गच्छदार नेतृत्वको कार्यदल गठन गरी स्थानीय तहको संख्या थप्न एक कार्यदल गठन गरेको थियो ।

मधेसका जिल्लामा स्थानीय तह थप्नुपर्ने माग पुरा गरे दोस्रो चरणको निर्वाचनमा सहभागि हुने राष्ट्रिय जनता पार्टी नेपालले यसअघि जनाईसकेको छ । कार्यदलले बिरगंज र बिराटनगरलाई महानगरपालिका बनाउने निर्णयसँगै स्थानीय तहको संख्या थप्ने पनि निर्णय गरेको छ ।

उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा गठित उक्त समितिले २३ संख्या थप्ने बुझिएको छ ।
निर्वाचन आयोगले तोकेको आचारसंहिता विपरित हुने भन्दै मुख्य प्रतिपक्षदल एमाले लगायत अन्य केही दलका नेता कार्यकर्ताले स्थानीय संख्या थप्ने निर्णयको बिरोध गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्