Logo

फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा सियाली राष्ट्रपति पुटिनसँग भेट्ने



पेरिस (फ्रान्स), ९ जेठ । फ्रान्सको भ्रमणमा रहनुभएका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले जेठ १५ गते सोमबार उहाँका फ्रान्सेली समकक्षी नवनिर्वाचित इमानुएल म्याक्रोँसँग भेट्नु हुने भएको छ ।

फ्रान्सको १७ औँ शताब्दीमा बनेको एलिसी प्यालेसमा रसियाली राष्ट्रपति पुटिनको म्याक्रोँले स्वागत गर्नुहुनेछ ।

लुई १४ औँले निर्माण गरेको पेरिसको दक्षिणपश्चिममा रहेको उक्त दरबारमा रसियाका पिटर द ग्रेट प्रति समर्पित प्रदर्शनीमा दुवै राष्ट्रपतिको भेट हुनेछ ।

मर्सालिमा निर्माण भएको उक्त प्राचीन दरबारमा रसिया र फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ३०० औँ अवसरमा सेन्ट पिटर्सबर्ग हर्मिटेज रङ्गशालाको सहकार्यमा प्रदर्शनीको आयोजना हुन लागेको हो ।

गतहप्ता दुई नेताबीच सिरिया, युक्रेनलगायतका देशमा भएका द्वन्द्वले क्षेत्रीयस्तरमा सङ्कट पैदा गरेको भन्दै समस्या समाधानका लागि फोन वार्ता भएको थियो ।

दुई नेताबीच भएको र पेरिसबीचको द्विपक्षीय सम्बन्ध सुधारका विषयमा समेत छलफल भएको थियो । रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्

Screenshot