Logo

बालुवाटार बैठकमा गच्छदारले सुनाए स्थानीय तहको संख्या थप्नुको कारण



काठमाडौं, ९ जेठ । सरकारले स्थानीय तहको संख्या वृद्धि गरेसँगै प्रमुख दलहरुवीच मत मतान्तर देखिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान बसेको सत्तारुढ दल र एमाले शीर्ष नेताहरुको बैठकमा स्थानीय तहको संख्या थप गरेको निर्णयको बारेमा विशेष कुराकानी भएको छ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मुखमा स्थानीय तहको संख्या किन वृद्धि गरेको भन्दै सरकारको धारणा बुझेका थिए । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘तपाईहरुले निर्वाचन आयोगले संख्या नबढाउन भन्दाभन्दै किन बढाउनुभयो ? यो निर्वाचन आचारसंहिता विपरित भयो, यसमा सरकारले गम्भिर गल्ती गरेको छ।’

बैठकबाट निस्किने क्रममा पत्रकारहरुसँग अध्यक्ष ओलीले भने,‘स्थानीय तहको संख्या किन बढाएको भनेर मैले प्रश्न गर्दा, सरकारले यसमा जवाफ दिएन्, प्रधानमन्त्री पनि चुप लागेर बस्नुभयो।’ उनले सरकारले एमालेलाई हराउने षड्यन्त्र अनुसार नै स्थानीय तहको संख्या बढाएको समेत आरोप लगाए ।

त्यस्तै बैठकमा एमाले नेता माधव कुमार नेपालले पनि सरकारलाई पूर्ण बजेट नल्याउनको लागि आग्रह गरेका थिए ।

त्यस्तै बैठकमा उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले स्थानीय तहको संख्या बढाउने या घटाउने अधिकार सरकारको भएकोले यसमा निर्णय लिईएको स्पष्टीकरण दिए ।

त्यस्तै उनले तराई मधेशमा लामो समयदेखि आन्दोलन गरिरहेका शक्तिहरुलाई सहमतिमा ल्याउनको लागि र चुनावमा भाग लिने वातावरण बनाउनको लागि पनि सरकारले संख्या बढाएको स्पष्ट पारे ।

त्यस्तै बैठकमा उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले कस्तो बजेट ल्याउने भन्नेबारेमा प्रकाश पारेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot