Logo

प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्न नदिने एमालेको तयारी



काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा सम्बोधन गर्न नदिने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री दाहालले अहिले केही बेरमै बस्ने संसद बैठकमा विशेष सम्बोधन गरेर राजिनामा दिने तयारी गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने प्रधानमन्त्रीलाई सम्बोधन कुनैपनि हालतमा गर्न नदिने तयारी गरेको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । उनले भने,‘सरकारले हिजो संविधान विपरित स्थानीय तहको संख्या बढाएको छ, यो गैरसंवैधानिक हो, यो निर्णय फिर्ता नलिएसम्म हामी संसद चल्न दिँदैनौं ।’

अहिले व्यवस्थापिका–संसद भवन परिसरमा एमालेका शीर्ष नेताहरुसँग प्रधानमन्त्री प्रचण्डले आन्तरिक छलफल गरिरहेका छन् ।एमालेले संसद बैठक अबरुद्ध गर्ने चेतावनी दिएपछि प्रधानमन्त्रीले दलहरूसँग छलफल गरिरहेका छन्।स्थानीय तहको संख्या बढाएको विराेधमा संसद अवरुद्ध गर्ने चेतावनी दिएको हाे।प्रधानमन्त्रीले अाजै संसदमा विशेष सम्बाेधन गरेर राजिनामा दिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot