Logo

स्वास्थ्य संस्थाका भौतिक संरचना मर्मत गरिँदै



रामपुर पाल्पा, १० जेठ । पाल्पामा रहेका विभिन्न २५ स्वास्थ्य संस्थाका भौतिक संरचनाको मर्मत गरिने भएको छ । आर्थिक अभावमा वर्षौदेखि पुनःनिर्माण हुन नसकेका स्वास्थ्य संस्थाको मर्मत तथा सम्भारका लागि रकम निकासा भई प्रक्रिया अगाडि बढाइएको छ ।

स्वास्थ्य मन्त्रालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत प्राप्त रु ६९ लाख ६६ हजारको लागतमा जिल्लाका स्वास्थ्य संस्थाका भवन मर्मतका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले प्रक्रिया अगाडि बढाएको हो ।

दुई दर्जनभन्दा बढी जीर्ण ती स्वास्थ चौकीमा असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी उक्त कार्यालयले बोलपत्र आह्वान गरेको जनाएको छ । आर्थिक वर्षको अन्तिम समयमा ढिलो रकम निकासा गर्दा समयमा नै काम सम्पन्न गर्न समस्या पर्ने सम्बद्ध स्वास्थ्यकर्मीको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्