Logo

सुर्तिजन्यपदार्थ नै नसर्ने रोगहरुको प्रमुखकारण : डा. पौडेल



काठमाडौँ १० जेष्ठ । क्यान्सर काउन्सिल नेपालको आयोजना र नेपाल टेलिकमको सहकार्यमा साउथ वेस्टन स्कूल, बसुन्धारा काठमाण्डौ सुर्तिजन्यपदार्थको रोकथामको लागि अन्तरक्रियात्मक तथा जनचेतनात्मक कार्यक्रम संचालन गरियो ।

विद्यालयउमेरकाबालबालिकाकालागि सुर्तिजन्यपदार्थवाट जोगाउने उद्देश्यले संचालितउक्तकार्यक्रममाक्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णु दत्तपौडेलले नेपालमा सुर्तिजन्यपदार्थको सेवन एक विकराल समस्याको रुपमा रहेको कुरा बताउनु भयो । जसकाकारण मुटु, क्यान्सर, दम, लगायतविभिन्नकिसिमका रोगहरुबाट मानिसहरु ग्रसितभएको साथै उक्त रोगहरु उपचारको लागिलाखौ रुपैया खर्च हुने कुरा उहाँले बताउनुभयो ।

क्यान्सर काउन्सिल नेपालकाअध्यक्ष रुद्रलाल कडरियाको अध्यक्षतामा संचालितउक्तकार्यक्रममा डा. पौडेलले नेपालमा ८०% नसर्ने रोगहरुको प्रमुखकारण नै सुर्तिजन्यपदार्थ भएको कुरा व्यक्त गरे । सुर्तिजन्यपदार्थलाई रोकथामगर्नु सके, नेपालमाहुने स्वास्थ्यखर्चमाकमीहुने र स्वास्थ्य समाज निमार्णको लागि योगदानपुग्ने कुरा बताए ।नसर्ने रोगहरु रोकथामको लागिजनचेतनामूलककार्यक्रम संचालनगर्नु पर्ने कुरा उहाँले उल्लेख गर्नुभयो ।

साउथ वेस्टन विद्यालयकाप्रिन्सिपलमनोज आचार्यको क्यान्सर काउन्सिल नेपाललाई यस विद्यालयमाअध्ययनरत विद्यार्थीहरुलाई सुर्तिजन्यपदार्थको नकारात्मक असरको बारेमाजानकारी दिएकोमाप्रशंसा गर्नु भयो । उहाँले विद्यालयले पनिअगामीदिनमा सुर्तिजन्यपदार्थको रोकथामको लागिअभियानको रुपमाकार्यक्रम संचालनगर्ने प्रतिवद्धता जनाए ।

क्यान्सर काउन्सिल नेपालकाअध्यक्ष रुद्रलाल कडरिया नेपालमाप्रत्येक दिन ४५ जनामानिसले सुर्तिजन्यपदार्थको कारण अकालमाज्यानगुमाई रहेको कुरा व्यक्तगर्नु भयो । सुर्तिजन्यपदार्थ विरुद्धको ऐन २०६८ लागू गर्नको लागि सरोकारवालाहरुले जोड दिनु पर्ने कुरा बताए ।

स्वास्थ्यमन्त्रालयको सन् २०३० सम्ममा नेपालमा पूर्ण रुपमा सुर्तिजन्यपदार्थ नियन्त्रण गर्ने योजनालाई सार्थक बनाउनको लागिजनचेतनामुलककार्यक्रममाजोड दिनु पर्ने कुरा कडरियाले बताउनु भयो ।

पर्याप्तजनचेतनाको अभाव र साथिहरुको प्रभावले गर्दा किशोर किशोरीहरु स्ुर्तिन्य पदार्थबाट नराम्रो सँग प्रभावितभएको क्ुरा कडरियाले बताउनु भयो । उक्तविद्यालयमाअध्ययनरत विद्यार्थीहरुले यस्ता जनचेतनामुलक कार्यक्रम अति नै उपयोगी रहेको र उनीहरुले सिकेको कुरा समाजकाअन्यव्यक्तिहरुसँग सेयर गर्ने प्रतिवद्धता जनाए ।

उक्त कार्यक्रममा विद्यार्थीहरु, शिक्षकहरु र अन्यव्यक्तिहरु गरि ३०० जनाभन्दा बढी मानिसहरु उपस्थित भएकाथिए ।



प्रतिक्रिया दिनुहोस्