Logo

मैत्रीपूर्ण खेलमा नेपाल मलेसियासँग पराजित



काठमाडौँ, १० जेठ । नेपाली राष्ट्रिय महिला फुटबल टोली मलेसियाको महिला टोलीसँग पराजित भएको छ ।

मलेसियाको कोटा किनाबालुस्थित युएमएस स्टेडियममा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल मलेसियन महिला टोलीसँग ४–१ गोलअन्तरले पराजित भएको हो ।

त्यस्तै यही जेठ ८ गते भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मलेसियासँग १–१ गोलको बराबरी खेलेको थियो ।

मलेसियाको जितमा शेरेइलिएन इले पिउसले– २ तथा नरअथिराह ममत र पुटेरीन नोरालिसाले समान एक÷एक गोल गरिन् । यता नेपालका लागि भने कप्तान सजना रानामगरले एक सान्त्वना गोल फर्काइन् । रासस



प्रतिक्रिया दिनुहोस्