Logo

सन्धिखर्क नगरपालिका मेयरका उम्मेदवारको आ–आफनै दावी



अर्घाखा“ची, १० जेठ । सन्धिखर्क नगरपालिका मेयरका चार उम्मेदवारले नगरलाई स्मार्ट सिटी बनाउन महत्वकांक्षी योजना अघि सारेका छन ।

कांग्रेसबाट मेयरका उम्मेदवार पूर्वपार्टी सभापति कमलप्रसाद भुसाल, एमाले जिल्ला सदस्य कृष्णप्रसाद श्रेष्ठ, माओवादी केन्द्र जिल्ला संयोजक ठाकुर कुमार विक र राष्टिय जनमोर्चाकी कल्पना पोखरेलले आफु मेयरमा विजयी भएपछि पा“च वर्ष भित्रमा देशकै नमुना नगर बनाउने आ– आफनै दावी गरे ।

रिपोर्टस क्लव नेपाल अर्घाखा“चीले बुधवार सन्धिखर्कमा आजोजित साक्षात्कार कार्यक्रम मेयरका प्रत्यासी भुसालले सन्धिखर्क नगरभित्र एक घर एक स्वरोजगारको व्यवस्था, कृषि पर्यटक र घरेलु उद्योगको विस्तार गरी आर्थिक रुपमा सम्वृद्ध नगर बनाउने दावी गरे ।

आफुले मेयर पद जितेपछि नरपानी देखि सन्धिखर्कसम्म केबलकार जोडेर सुपादेउराली आएका पर्यटकलाई सदरमुकाम भित्राई अर्घा दरवारसम्म घुमाउने संरचना बनाउने भुसालले बताए ।

‘सबै उम्मेदवार एउटै मञ्चबाट भाषण गरौं, जनताले कस्लाई विस्वास गर्छन त्यसैलाई मत दिन्छन, उनले भने, कसैलाइृ प्रलोभनमा पारेर झुटको खेती गर्नु छैन । अहिले पैसाले भोट किनेर जित्न ५ हजार खर्च भए जितेपछि ५ लाख भ्रष्टचार गर्नुपर्छ । मैले पैसा पनि बाड्दैन । कमल भुसाललाई सबैले चिनेका छन । जनताले मत दिएर जिताउछन ।

उनले पशुपालन र कृषि उत्पादनलाई जोड दिएर विदेश जाने युवालाई स्वदेशमै रोजगार सृजना गर्ने आफुसग योजना रहेको उनले बताए । पर्यटकीय संरचना बनाई विदेशी पर्यटकलाई नगरभित्रका नरपानी, खाचीलेक, मसिना लेक, अर्घा लगायतका ठाउमा भित्राउने र नगरलाई पर्यटकीय गन्तव्य बनाउने भुसालले दावी गरे ।

कार्यक्रममा एमालेबाट मेयरका प्रत्यासी कृष्णप्रसाद श्रेष्ठले आफुले जितेमा सन्धिखर्कलाई स्मार्ट ग्रीन सिटी बनाउने दावी गरे । उनले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले भित्राएको अर्घा भगवती विमानस्थलको दुई वर्ष भित्र निर्माणकार्य सम्पन्न गरी सञ्चालन गर्ने योजना रहेको बताए ।

उनले नरपानी सन्धिखर्क केबलकार सञ्चालन, सन्धिखर्क गोरुसिंगे सडकलाई फराकिलो पार्ने, साना घरेलु उद्योगको विस्तार गरी एक घर एक रोजगारको व्यवस्था गर्ने उनले बताए । खेतीयोग्य जमिनलाई कृषिमा परिणत गर्ने, वृद्धवृद्धा र अपांगको संरक्षण, सबैका घरमा सौर्य उर्जाबाट नगर उज्यालो र पशुपालन एवं कृषिमा आधुनिकीकारण गरेर उत्पादन बढाउने लक्ष्य रहेको श्रेष्ठले बताए ।

अर्का मेयरका प्रत्यासी माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार विकले नरपानी देखि सन्धिखर्क केबलकार जडान, मेडिकल कलेज स्थापना, सबै वडामा स्तरीय स्वास्थ्य सेवा सञ्चालन गर्ने बताए । मेयर जितेपछि ५ वर्ष भित्रमा देशकै नमुना नगर बनाउन नरपानी, अर्घा लगायतका स्थानमा पर्यटकीय विकास, शान्ति वगैचा आधुनिकीकरण, कृषिमा आत्मनिर्भर, खेल मैदान, सबैका घरमा सुचनाको पहुच विस्तार गर्ने उनले बताए ।

अर्का प्रत्यासी राजमोकी कल्पना पोखरेलले नया“ संरचनाले महिला पनि नीति निर्मँण तहमा पुग्ने अवसर भएकाले महिलाको साथ रहने दावी गरिन । उनले नगर विकासको लागि भौतिक पूर्वाधार, कृषि, पर्यटक र विकास निर्मँणलाई प्राथमिकतामा राखेको बताइन । उनले नमुना नगर बनाउनको लागि नगरभित्र भ्रष्टचारमुक्त हुनुपर्ने पोखरेलले दावी गरिन ।

कार्यक्रम रिपोर्टस क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, वीरेन्द्र केसीको विषयवस्तु प्रवेश र नविन केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot