Logo

एभ्रीटाईमका एभरग्रिन ईमर्जिंग ईन्टरप्रेन्यूर खकुरेल



युवा व्यवसायी तथां समाजसेवी महेशराज खकुरेल एभ्रीटाइम नामक ब्राण्ड बिस्तार एवं विकासमा क्रियाशील छन् । करिब १५ वर्ष अघि हिमालयन फुड प्रोडक्टस् नामक कम्पनीबाट सुरु गरीएको उक्त व्यवसाय हाल एभ्रीटाइम नामक ३५ वटा भन्दा बढी फूड आइटमहरुको उत्पादन एवं र्माकेटिङको कार्यमा सक्रिय छ ।

नेपालको हरेक सुपरर्माकेट एवं खुद्रा पसलहरुमा सुपथ मूल्यमा एभ्रीटाइमका आइटमहरु पाईने उनले जानकारी दिए । उनले भने,“ हामीले गुणस्तरमा विशेष जोड दिँदै आइरहेका छौं, यस कम्पनिले आफ्ना हरेक कर्मचारीहरुको वार्षिक स्वास्थ्य परिक्षण गर्दै आइरहेको छ, साथै अफिस फ्याक्र्टी लगायत ठाउँहरुमा बिशेष रुपमा सफा राख्दै आइरहेको छ ।”
उनका अनुसार हाल कम्पनिका सामानहरुको गुणस्तरलाई अझ बिश्वसनीय र अन्तराष्ट्यि मापदण्ड अनुसार गराउनका लागी क्ष्क्इ ढण्ण्ज्ञस् द्दण्ज्ञछ बाट सटिफाइट गराइएको छ । उनले थपे,“हाम्रा हरेकप्रोडक्टहरु क्ष्क्इ ढण्ण्ज्ञस् द्दण्ज्ञछका मापदण्ड अनुसार उत्पादन भैरहेका छन र हामीले त्यही अनुसार नै मार्केटिङ गर्दै आइरहेका छौं ।”

जेरो लेवलबाट सुरु गरिएको व्यवसाय हाल एभ्रीटाइमको नामबाट सबैतिर छाएको छ । “धैर्यता, इमान्दारीता र लगनशीलताका साथ आफ्नो पेशामा लागि परे कुनैपनि काममा सफलता हाँसिल गर्न सकिन्छ”, खकुरेल भन्छन । हाल उनी  एभ्रीटाइम गु्रप प्रा.लि, एभ्रीटाइम फूड्स नेपाल प्र.लि, हिमालयन फूड प्रोडक्टस लगायत कम्पनीको अध्यक्षको रुपमा कार्यरत छन् । साथै, उनी एभ्रीटाइम सेभीङ एण्ड के्रडिट कोअपरेटिभ लि. को संस्थापक अध्यक्ष समेत हुन ।
बिभिन्न सामाजिक कार्यहरुमा पनि संलग्न खकुरेलले भुकम्प, बाढीपिडीत लगायत बिपत्तीहरुमा उलेख्य सहयोग गर्दै आएका छन् । अहिलेपनि उनी बिभिन्न सामाजिक कार्यहरुमा सरिक छन् ।

त्यतिमात्रै नभएर उनले मनोरन्जनात्मक क्षेत्रहरुमापनि मनग्यै सहयोग पुर्याएका छन् । जस्तै पावर अफ डान्स २०१५ को मूख्य आयोजक भई सफलतापूर्वक सम्पन्न गराएको र प्रथम जेष्ठ खुल्ला ब्याडमिन्टन प्रतियोगीताको मूख्य प्रायोजक भई सहयोग पूर्याएको र अन्य खेलकुद क्षेत्रमा पनि बेला बेलामा बिशेष सहयोग पूर्याउँदै आएका छन ।

हाल एभ्रीटाइम ब्राण्ड र बजार बिस्तारमा लागिरहेका खकुरेल देश विदेशमा आयोजना हुने फुड मेला एवं एक्जिविसनहरुमा पनि भाग लिदै आएका छन । हालै उनले संयुक्त राज्य अमेरिका भ्रमणमा त्यहाँ रहेका बिभिन्न क्षेत्रका व्यापारी र बुद्धीजीबी साथीभाइहरु सँगको भेटघाटमा व्यापारहरुका नयाँ तरिका तथा सिस्टमहरुसमेत सिक्ने मौका मिलेको समेत हामीलाई जानकारी गराए । उनले भने,“अमेरिका भ्रमणबाट मैले व्यवसायको नयाँनयाँ आइडियाहरु सिक्ने मौका पाएँ, म निकै खुशी छु।”

पछिल्लो समय नेपाल सरकार खाद्य तथा गुण नियन्त्रण बिभागले आयोजना गरेको फूडमेलामा समेत उलने सफलतापूर्वक भाग लिएका छन् । त्यस्तै उनले संघसस्थाहरुको विविध व्यवसायीक आयोजनाहरुमा भाग लिइ उत्कृष्ट ब्राण्ड अवार्ड, प्रशंसापत्र, सम्मानपत्र समेत प्राप्त भएको जानकारी दिए । उनले अघि भने,“यस्ता बिभिन्न सम्मान एवं पूरस्कारहरुले काम गर्न अझै उर्जा मिलेको छ।”
साथै आगामी दिनहरुमा बिभिन्न व्यवसायिक लगानी बिस्तार गर्दै एभ्रीटाइम ब्राण्ड अन्र्तगत बिभीन्न उत्पादनहरु भित्र््याउने कार्यमा तल्लिन छ एभ्रीटाइम टिम ।



प्रतिक्रिया दिनुहोस्

Screenshot