Logo

उपराष्ट्रपति र प्रधानन्यायाधीशनै नीति तथा कार्यक्रममा अनुपस्थित्



काठमाडौं, ११ जेठ । सरकारले आफ्ना नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ ।

बिहीबार व्यवस्थापिका–संसदमा उक्त नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकी हुन् । बजेटपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्ने परम्पराअनुसार सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो

संवैधानिक व्यवस्थामा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने व्यवस्था छ । सरकारले यसपटक नयाँ कार्यक्रम नल्याएर पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिन लागेको छ ।

एमालेलगायत प्रतिपक्ष दल र निर्वाचन आयोगले नयाँ नीति तथा कार्यक्रम नल्याउन सुझाव दिएपछि सरकारले पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिन लागेको हो ।

नीति तथा कार्यक्रममा भने भिआईपीहरुको उपस्थिति भने न्यून रहेको थियो । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधान्यायाधिश सुशिला कार्की लगायतका भिआईपीहरुको उपस्थिति रहेको थिएन । त्यस्तै विभिन्न पार्टीका शीर्ष नेताहरु नै आजको कार्यक्रममा आएका थिएनन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत मधेशवादी दलका शीर्ष नेताहरु नै बैठकमा उपस्थित् भएनन् । यसले कार्यक्रमको गरिमामा रौनकता नल्याएको भन्ने टिप्पणी भएको छ ।



प्रतिक्रिया दिनुहोस्