Logo

राष्ट्रपतिद्वारा संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत, संसद भवनमा जे देखियो (फोटोफिचर)



काठमाडौं, ११ जेठ । सरकारले आगामी आर्थिक वर्ष ०७४÷०७५ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

व्यवस्थापिका संसद्को बिहीबार बसेको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले आर्थिक वृद्धिदर बढाउने, भूकम्पपछिको पुनर्निर्माण, नवनिर्माणलाई प्राथमिकता दिने लक्ष्यसहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

नीति तथा कार्यक्रममा प्रायः सबै भीआईपीहरुको उपस्थिति रहेको थियो । सरकारले संवैधानिक निकायका प्रमुख, नीजी क्षेत्रका व्यक्तित्वहरु, कुटनीतिक नियोगका प्रमुखहरु, पत्रकारहरु लगायतलाई आमन्त्रण गरेको थियो ।

bu

अर्थतन्त्रको सुधारमा विशेष प्राथमिकता दिएको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । चालु आवको कार्यक्रमानुसार नै बजेट ल्याइने उल्लेख गर्दै उनले चालु आवमा बजेटको अपेक्षाभन्दा बढी आर्थिक वृद्धि सात प्रतिशतभन्दा बढी हुने बताइन् ।

भूकम्पपछिको पुनर्निर्माण, नवनिर्माणलाई तीव्रता दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको क्षमता अभिवृद्धि गरिने, राष्ट्रिय गौरवका आयोजना निर्माणलाई प्राथमिकता दिन आवश्यक साधन स्रोत सम्पन्न गराउने सरकारको नीति छ ।

निर्वाचन आचारसंहितालाई ख्याल गर्दै बजेट निर्माण गर्ने, बजेट खर्च बढाउनेतर्फ ध्यान दिने सरकारको नीति कार्यक्रममा उल्लेख छ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot