Logo

‘नीति तथा कार्यक्रम सकारात्मक’: मन्त्री लेखक



काठमाडौँ, ११ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवम् नेपाली काँग्रेसका नेता रमेश लेखकले सरकारको नीति तथा कार्यक्रमले आर्थिक वृद्धि र मूल्यवृद्धि नियन्त्रणमा प्राप्त उपलब्धिलाई निरन्तरता दिएको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्मा आज राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिनाको कारणबारे बुधबार नै आफ्नो सम्बोधनमा स्पष्ट भइसकेकाले त्यसलाई जोडेर नीति कार्यक्रमलाई नहेर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रम राम्रो छ, यो सरकारले ऐतिहासिक रुपमा आर्थिक वृद्धिदर हासिल गरेको छ, त्यसलाई निरन्तरता दिन आगामी सरकारले पनि काम गर्नेछ ।” रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot