Logo

राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन गरिने



काठमाडौँ, ११ जेठ । सरकारले नेपालको समग्र राष्ट्रिय हित प्रवद्र्धनका लागि राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन गर्ने भएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानप्रदत्त जनताको मौलिक अधिकारको निर्बाध उपयोगको वातावरण सिर्जना गर्न तदनुकूलको आन्तरिक सुरक्षा नीति तर्जुमा गरी कार्यान्वयन गरिने बताउनुभयो ।

राष्ट्रिय प्राथमिकतानुरुप विकास निर्माण, राष्ट्रिय सम्पदा संरक्षण र विपद् व्यवस्थापनमा नेपाली सेनाको परिचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको क्षमता अभिवृद्धि, आधुनिकीकरण र व्यवसायीकरण गरिने राष्ट्रपतिले बताउनुभयो ।

नेपाल प्रहरीलाई सङ्घीय ढाँचानुरुप रुपान्तरण गरिने, कारागारलाई सुधारगृहमा रुपान्तरण गर्ने कार्यलाई निरन्तरता दिइने तथा अध्यागमन प्रणालीमा प्रविधिको माध्यमबाट गुणस्तरीय र छरितो सेवा प्रदान गरिने नीति कार्यक्रममा उल्लेख छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot