Logo

बोलेका कुरा कार्यान्वयन गर्छु : महानगर प्रमुख जिसी



 

पोखरा, १२ जेठ । पोखरा– लेखनाथ महानगरपालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले निर्वाचन प्रचारप्रसारको क्रममा जनतामाझ बोलेका कुरा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पर्यटकीय नगरी पोखरा लेखनाथलाई एक उत्कृष्ट महानगरपालिका बनाउने बताउनुभयो ।

आपूm यसअघि एउटा पार्टीको कार्यकर्ता भए पनि जनप्रतिनिधिमा निर्वाचित भइसकेपछि अव सबै महानगरवासीको साझा व्यक्ति भएको उहाँको भनाइ थियो । “मतदाताको मन जित्ने गरी काम गर्छु,” उहाँले भन्नुभयो ।

महानगरपालिका– २८ मा २०१७ साल भदौ १७ गते जन्मनुभएका जिसीले विएडसम्मको शिक्षा हासिल गर्नुभएको छ । विसं २०३७ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट राजनीति थाल्नुभएका जिसीले २०४१ सालमा तत्कालीन नेकपा (माले)को सदस्यता लिनुभएको थियो ।

उहाँ नेकपा (एमाले) कालिकागाउँ कमिटिको सचिव, इलाका नं – ४ कास्कीको सचिव, २०५० मा निर्वाचित जिल्ला कमिटी सदस्य, २०५४ मा एमाले जिल्ला कमिटिको उपसचिव र २०५८ देखि २०६० सालसम्म जिल्ला कमिटीको सचिव तथा २०६६ देखि २०७० सम्म पार्टीको आठौँं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भई जिम्मेवारी सम्हाल्नुभएको थियो ।

हाल उहाँ एमाले केन्द्रीय कमिटिको वैकल्पिक सदस्य एवम् कास्की जिल्ला इन्चार्ज, प्रदेश नं– ४ को कार्यालय सचिव हुनुहुन्छ । विसं २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं– १ बाट जिसी नेपाली काँग्रेसका उम्मेदवार यज्ञबहादुर थापासँग २७२ मतले पराजित हुनुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्