Logo

पहिरोमा परी श्रीलङ्कामा तेह्र जनाको मृत्यु



कोलम्बो, १२ जेठ । श्रीङ्काको दक्षिणी क्षेत्रमा शुक्रबार गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने, अरु कैयौ व्यक्तिहरु हराईरहेका छन् ।

कालुतारा क्षेत्रमा शुक्रबार निकै ठुलो हावाहुरी र भीषण बर्षापछि पहिरो गएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार पहिरोमा परी बेपत्ता भएकाहरुलाई खोज्नका लागि घटनास्थलमा प्रहरी र उद्धारकर्ताहरु खटिएका छन् ।

दक्षिणी क्षेत्रको कालुतारा जिल्लाको कोस्बावाका र देल्पावाट्टामा पहिरो गएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । बेपत्ता भएकाहरुको खोजी र उद्धारका लागि घटनास्थलमा हेलिकोप्टर पनि पठाइएको छ ।

घटनास्थलमा अहिले पनि पानीको मात्रा बढीरहेको र उद्धार कार्यमा कठिनाई भइरहेको उद्धारमा खटिएकाहरुले बताएका छन् । रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्

Screenshot