Logo

एमाले राष्ट्रिय सरकार गठन गर्ने पक्षमा छ : ओली



काठमाडौ, १२ जेठ । प्रमुख प्रतपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली आफ्नो पार्टी राष्ट्रिय सरकार गठन गर्ने पक्षमा रहेको बताएका छन्।

शुक्रबार संसद भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै ओलीले भने, ‘जसको नेतृत्वमा सहमति हुन्छ हामी त्यसका लागि तयार छौं। राष्ट्रपतिले दिनुभएको समय सदुपयोग गर्नुपर्छ।’

उनले दोस्रो चरणको निर्वाचन हुनेमा आफूहरू ढुक्क रहेको भन्दै। सरकारले बिहिबार पेश गरेको नीति तथा कार्यक्रम कसको हो त्यो थाहा नभएको जिकिर गरे।

उनले भने, “यो नीति तथा कार्यक्रम कसको हो थाहा थाहा छैन। वास्तवमा अहिले सरकार छैन।’  उनले निर्वाचनको बिचमा सरकार फेरेकोमा प्रश्नसमेत गरे। उनले संसद अवरोध गर्नु आफ्नो बाध्यता भएको बताए। ‘हामीले सरकारलाई भनेका छौ संसद सुचारु गरेर जाउ। अवरोध गर्नु हाम्रो बाध्यता हो। सरकारले यस्तै वातावरणमा सृजना गरेको छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot