Logo

मतदाता शिक्षा बारे अन्तक्र्रिया



गाईघाट (उदयपुर), १३ जेठ । जिल्ला निर्वाचन कार्यालय उदयपुरले आज वृहत मतदाता शिक्षा सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेको छ ।

जिल्लाको सम्पूर्ण राजनीतिक दलसहितको सहभागितामा सञ्चालन गरिएको उक्त अन्तक्र्रिया कार्यक्रममा दलका उम्मेदवारले कसरी उम्मेदवार मनोनयन र दर्ता गर्ने भन्ने विषयमा केन्द्रिकृत भई अन्तक्र्रिया सञ्चालन भएको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख एकबहादुर बस्नेतले बताउनुभयो ।

यस्तै जिल्लामा अहिले २७५ जना मतदाता शिक्षा सञ्चालन गर्न विभिन्न सामाजिक परिचालक तथा प्रतिनिधिसमेत सञ्चालन गरेको र अव राजनीतिक दलहरुले समेत मतदातालाई मतदान गर्ने विषयमा प्रशिक्षण दिनुपर्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख अधिकृत न्यायाधीश महेन्द्रबहादुर कार्कीले विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्लामा आगामी जेठ ३१ गते निर्वाचन गराउन सुरक्षा निकायका सबै अङ्ग तयारी हालतमा रहेका कारण कुनै भयभित वातावरणमा सबैले ढुक्क भएर मतदान गर्न उदयपुरका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्