Logo

जनकपुरलाई महानगरपालिका बनाउनुपर्ने माग



महेन्द्रनगर (धनुषा), १३ जेठ । जनकपुरलाई महानगरपालिका बनाउनुपर्ने माग गर्दै नेकपा (एमाले) धनुषाले जनकपुरमा शुक्रबार प्रदर्शन गरेको छ ।

पार्टी कार्यालयबाट निस्केको सो जुलुसले नगरपरिक्रमा गरेको थियो । सरकारले तराईका दुई प्रमुख सहर वीरगन्ज र विराटनगरलाई महानगरपालिका बनाएपछि जनकपुर र बुटवललाई पनि महानगरपालिका बनाउनुपर्ने एमालेले माग गरेको छ ।

एमालेले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र पनि बुझाएको छ ।

एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवको नेतृत्वमा प्रदर्शन गरिएको सो जुलुसमा केन्द्रीय सदस्य श्रीप्रसाद साह, नेत्री जुली महतोलगायतको सहभागिता थियो ।

पार्टी नेतृ जुलीकुमारी महतोले मधेश विरोधी तत्वले जनकपुरलाई महानगरपालिका बन्नबाट रोको बताईन । सत्ता पक्षले संधै जनकपुरसँग सौताको व्यवहार गर्दै आएको छ उनले भनिन्,‘महापािलका हुने जनकपुरको भौतिक पुर्वधार हुदाँहुदै सत्तामा दम्भमा केहि व्यतिले यहाँको प्रगतिमा बाधा हाल्ने काम गर्दैछन् ।’

कोणसभामा पार्टीका जिल्ला अध्यक्ष राजकिशोर यादवले इतिहासमा जनकपुर राजधानी रहिसकेको अवस्थामा यसलाई महानगरपालिका घोषणा नगरि अन्य शहरलाई गर्नु सरकारको नलायकपना रहेको आरोप लगाए । जनकपुरलाई महानगरपालिका बनाउन पार्टीले दवावमुलुक कार्यलाई निरन्तरता दिने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot