Logo

संसद् चालु, नीति तथा कार्यक्रम टेबुल



काठमाडौँ, १३ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्बोधन गरिएको सरकारको नीति तथा कार्यक्रमको प्रति सदनसमक्ष टेबुल गर्नुभयो ।

राष्ट्रपति भण्डारीले यही जेठ ११ गते संसद्मा सम्बोधन गर्नुभएको थियो । बैठकमा नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक टेकबहादुर बस्नेतले सो सम्बोधनका लागि राष्ट्रपतिसमक्ष धन्यवादको प्रस्ताव पेस गर्नुभयो ।

सो प्रस्तावमा नेपाली काँग्रेसका चीनकाजी श्रेष्ठले समर्थन गर्नुभयो । तत्पश्चात सो प्रस्तावबारे छलफल गर्न सभामुख ओनसरी घर्तीले यही जेठ १३ र १४ गतेको दिन तोक्नुभयो ।

राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री दाहालले यही जेठ १० गते दिनुभएको राजनीनामाबारे प्राप्त पत्रको व्यहोरा आजको बैठकमा सभामुख घर्तीले सुनाउनुभयो । सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच सहमतिपछि आजदेखि संसद् पुनः सञ्चालनमा आएको हो ।



प्रतिक्रिया दिनुहोस्