Logo

नेपालमा दुई पाटी मात्रै आवश्यक : रायमाझी



अर्घाखाँची, १३ जेठ । नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले नेपालमा दुइवटा पार्टी मात्र आवश्यक भएको उद्घोष गरेका छन् ।
रिपोर्टर्स क्लब नेपाल अर्घाखाँचीले शनिवार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको साक्षात्कारमा कार्यक्रममा बोल्दै नेता रायमाझीले एउटा पार्टी कांग्रेस र अर्काे पार्टी कम्युनिष्ट मात्रै नेपालमा आबश्यक रहेको बताएका हुन ।

रिपोट्र्स क्लव नेपाल अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेका साक्षातकार कार्यक्रममा नेता रायमाझीले आफुले लामो समय देखि नेपालमा दुइ पार्टीको मात्रै कल्पना गरेको बताए ।

नेता रायमाझीले बैशाख ३१ गते सम्पन्न निर्वाचनको प्रसङ्ग उल्लेख गर्दै माओबादी केन्द्र झिनो मतले करीब ३० ठाउँमा कमै मात्र मतले पराजित भएको बताए । पार्टीबाट केही नेताहरु बाहिरीएको अवस्थामा समेत यती स्थानमा विजय हासील गर्नुले आफ्नो पार्टी प्रती जनताको ठुलो भरोसा भएको उनले बताए ।

देशको हरेक परीवर्तनमा माओवादी केन्द्रको ठुलो भुमीका रहेको उल्लेख गर्दै नेता रायमाझीले २० वर्ष सम्म रोकिएको स्थानीय तहको निर्वाचन गराएर पार्टीले ठुलो उपलब्धि हासिल गरेको समेत बताए । स्थानीय निकाय थप गर्ने बिषयमा सरकारले प्रयत्न गरेको तर सर्बोच्चले रोकेको कारण सरकारको दोष नभएको बताए । स्थानीय तहको निर्बाचनमा आन्दोलनकारी दलहरुलाई सहभागी गराउन सरकार प्रयत्नसिशल रहेको उनको भनाइ छ ।

असन्तुष्ट पक्षलाई निर्वाचनमा सहभागी गराउनकै निम्ती दोस्रो चरणमा स्थानीय तहको निर्वाचन गराउनु परेको जानकारी गराउदै उनले पहिलो चरणको निर्वाचन भईसकेपछि दोस्रो चरणको निर्वाचन स्वत हुने ग्यारेण्टी गरे । चुनाबमा तालमेल किन भन्ने पत्रकारको प्रश्नको जवाफ दिदै उनले भने ‘सत्ता पक्ष विच चुनावि तालमेल हुनु सामान्य रहेको हो, ‘तर एजेण्डा नै मेल नखाने दुई विपरीत पार्टी एमाले र राप्रपा बिच भएको चुनाबी तालमेल अस्वभावीक हो ।’

अर्काे प्रसङ्गमा नेता रायमाझीले पछिल्लो समय सर्वाेच्च अदालतले सरकारको काम काराबाही माथी अनाबश्यक हस्तक्षेप गरेको आरोप लगाएका छन् । मन्त्रिपरीषदका निर्णय माथी सर्वाेच्च अदालतले अनाबश्यक बाधा सिर्जना गर्नु ठिक नभएको उनको जिकीर छ ।

नेकपा एमाले कन्द्रीय सदस्य नजिर मियाले जुन सुकै पार्टी बिचमा भएको तालमेल जनताले स्वीकार नगरेको बताए । मियाले चुनाव एक्ला एक्लै लड्नुपर्ने भन्दै कसैको बैशाखी टेक्न नहुने बताए । मियाले नियम कानुन भन्दा बाहिर रहेर सरकारले निर्णय गर्ने गरेका कारण समस्या पैदा हुने गरेको बताए ।

मियाले एमाले राष्ट्रिय सहमतिको सरकारको पक्षमा रहेको बताएका छन । उनले कांग्रेस र एमाले मिल्न हुदैन भनेर बनेको माओवादी कांग्रेसको गठबन्धन भन्दा पनि देशको निकासका लागि सर्बदलिय सहमतिको सरकार आवश्यक परेको बताए ।

एमालेलाई एक्लाउने उदेश्यका साथ कांग्रेस रमाओवादीको गठबन्दन देसब्यापी बनेपनि एमालेले सफलता हासिल गरेको बताउदै दोस्रो चरणको निर्बाचन पनि तोकिएकै मितिमा गर्नु पर्ने बताए ।कार्यक्रम क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, बिरेन्द्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot