Logo

मेडिकल कलेजको शिलान्यास नहुदा सम्म दाङमै अनशन बस्छु : डा. केसी



शरद रेग्मी, दाङ घोराही :१३(जेठ , त्रीभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंका प्राध्यापक डा. गोविन्द केसी अनशन बस्न शनिबार दाङ आइपुगेका छन् । उनले केहीबेरमा उपक्षेत्रीय अस्पताल घोराहीमा छलफल गरी अनशनको तयारी गर्ने बताएका छन् ।

१० वटा अनशन काठमाडौंमै बसेकाले राजधानी बाहिर पनि बस्ने योजना बनाएर दाङ आएको उनले जानकारी दिए ।

सरकारले यसअघि घोषणा गरेअनुसार दाङमा मेडिकल कलेज स्थापनाको सुरुवात गर्नुपर्ने, चिकित्सा शिक्षा विधेयकलाई जनतामुखी बनाएर पारित गर्नुपर्ने,
प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्ताव फिर्ता गर्नुपर्ने लगायतका माग राखी डा. केसी घोराहीमा अनशन बस्न थालेका हुन् ।

सरकारले प्रत्येक प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने र त्यसको सुरुवात दाङबाट गर्ने निर्णय गरी यसअघि सम्झौता पनि भइसकेकाले उक्त कुरा सम्झाउन अनशन बस्न थालेको उनले बताए । सत्तामा रहेका नेताहरुले आफ्नो कालोधन्दा बचाउन न्यायाधीशलाई महाअभियोगमार्फत तर्साउने र न्यायालयमा आफू अनुकूलकै न्यायाधीश राख्ने मनशायले गलत काम गरिरहेकाले महाअधियोग तत्काल फिर्ता गर्नुपर्ने केसीले बताए ।

स्वास्थ्य सेवा नाफामुखी नभएर सेवामुखी हुनुपर्नेमा नेपालमा त्यस्तो नभएको उनले गुनासो गरे । ‘नेपालमा नेताहरु नै स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेका
छन् । नेताहरु आफ्ना निजी मेडिकल कलेजको स्वीकृति गराउन लागिपरेका छन् तर सरकारी मेडिकल कलेज बनाउन ध्यान छैन,’ उनले भने, ‘नेताहरु कालो धन बचाउन स्वास्थ्यको व्यापारमा लागेका छन् । स्वास्थ्य सेवा सरकारले नै जिम्मा लिनुपर्छ ।

स्वास्थ्य सेवामा व्यापार गर्ने होइन ।’स्वास्थ्य शिक्षा ९५ प्रतिशत विद्यार्थीको पहुँच बाहिर रहेको बताउँदै उनले स्वास्थ्य शिक्षा र सेवा सर्वसुलभ हुनुपर्ने
नेपाली जनताको संवैधानिक अधिकार रहेको बताए । ‘यहाँ डाक्टर पढ्न करोडौं खर्च हुन्छ । सामान्य नागरिकले कसरी डाक्टर पढ्ने ?,’ उनले भने,
‘प्रदेशस्तरमा मेडिकल कलेज स्थापना गरी सबैले सहजै पढ्न पाउन हुनुपर्यो ।

दाङमा मेडिकल कलेजको शिलान्यास गरी निर्माणको काम नथाल्दासम्म अनशन जारी रहने छ ।’ अनशन बस्न दाङको घोराही आइपुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot