Logo

देउवाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन धेरै सजिलो छ : भण्डारी



काठमाडौं, १३ जेठ । प्रमुख दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने सबैभन्दा उत्तम र बढि संभावना रहेको बताए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा भण्डारीले भने,‘तीन दल मिल्नुको विकल्प छैन, धेरै अडान लिने बेला होईन।’
नेता भण्डारीले पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउँदै दोस्रो चरणको निर्वाचनमा पहिलेको भन्दा केही धेरै चूनौतिहरु रहेको बताए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले भने,‘दोस्रो चरणको निर्वाचनमा केही चुनौतिहरु छन्, तर सबै दलहरुवीच समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ, खासगरी कांग्रेस, एमाले, माओवादी केन्द्र र तराई–मधेश केन्द्रित दलहरुवीच समन्वय कसरी गर्न सकिन्छ भनेर सोच्नुपर्छ।’

उनले यतिवेला कन्भिन्स गर्न र हुनपनि अप्ठ्यारो भैरहेको अवस्था रहेको सुनाए । उनले भने,‘आज तराईका सिमानाहरु ढल्दा, तराई डुब्दा हामीले काठमाडौंमा बसेर केही गर्न सकेनौं, त्यो त्यहीँका तराईका जनताले रक्षा गरेर बसेका छन्, त्यसैले तराईका जनताहरुलाई अधिकार दिलाउनको लागि कुनै कन्जुस्याँई गर्नुहुँदैन् ।’

भण्डारीले दोस्रो चरणको निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने बताउँदै संविधानलाई पनि सर्वस्विकार्य बनाउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्