Logo

एफए कपको उपाधि आर्सनलले जित्यो



काठमाडौं, १४ जेठ । यस वर्षको एफए कप फुटबल प्रतियोगिताको उपाधि आर्सनलले जितेको छ ।

शनिबार राति भएको फाईनलमा लण्डन प्रतिस्पर्धी चेल्सीलाई २-१ ले हराउँदै आर्सनलले उपाधि जितेको हो । खेलको सुरुमै अलेक्सीस सान्चेजको गोलमार्फत आर्सनलले सुरुवाती अग्रता लियो ।

दोस्रो हाफमा चेल्सीका भिक्टर मोसेस दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० जनामा समेटियो ।यसपछि डिएगो कोष्टाले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । तर आर्सनलका आयरन राम्सेले एक गोल थप्दै टोलीको जित सुनिश्चित गरे ।

यो उपाधिसँगै आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरमाथिको दबाब केही कम भएको छ । यो सिजनको लिगमा पाँचौ स्थानमा समेटिएको आर्सनल आगामी सिजनको च्याम्पियन्स लिगमा छनौट हुन नसकेपछि प्रशिक्षक वेङ्गर ठुलो दबाबमा परेका छन् ।

वेंङ्गर अर्को सिजन आर्सनलमा रहन्छन वा रहँदैनन् भन्ने निर्णय अहिलेसम्म भएको छैन ।



प्रतिक्रिया दिनुहोस्