Logo

गायक चुनाराको आवाजमा ‘घाँसै काट्ने डालि छानेर’ बजारमा



काठमाण्डौं, १४ जेठ । नेपाली लोकगीतको उत्थान र विकासको लागि प्रदेश नं. ६ का सर्जकहरू ठुलो भूमिका रहेको छ भन्दा अन्यथा नहोला । यस प्रदेशमा समावेस जिल्ला मध्यको एक जिल्ला हो सुर्खेत ।

यहि सुर्खेती माटोमा जन्मेका कतिपय सर्जकहरूले नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा बेग्लै ईतिहास खडा गरेका छन् ।

यि मध्य धनराज चुनारा पनि एक शसक्त सर्जक तथा गायक हुन्। उनले आजसम्ममा एकसय हाराहारीमा गीतका गोरेटामा आवाज बुलन्द गरि सकेका छन् ।

बैसले च्याप्यो रे, तिम्रो रुपले दुनियाँ रुवाछ, जवानीको मात छर्नुछ, कोदोको झोल, लगायत गीतहरु दर्शक स्रोताले मन पराएका गीतहरु हुन् ।

पछिल्लो सममा उनकै आवाज र लयमा तयार भएको गीत ‘घाँसै काट्ने डालि छानेर’ बोलको गीत बजारमा आएको छ । जुन गीतमा मदन खत्रीको शब्द रहेको छ । गायक चुनारालाई करिश्मा बि.सीले आवजमा साथ दिएकी छिन् ।

यसको गीतको निर्देशन नरेश रोनीले गरेका छन् भने राहुल राई, अनिल कुमार महर्जनको सम्पादनमा यो गीत तयार भएको हो ।
यस गीतलाई विकल क्रियशनले बजार व्यवस्थापन गरको छ ।



प्रतिक्रिया दिनुहोस्