Logo

बेडसिन र किस सिन फिल्मको अफर आए ठाडै अस्विकार गर्छु : नवनायिका शाही



‘हट एण्ड सेक्सी मोडेल भन्दा मेरो कुनै आपत्ति छैन्, बरु खुशी मान्छु’
पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा युवायुवतीको क्रेज बढ्दो छ । लोकदोहोरी क्षेत्रमा पनि नयाँ–नयाँ अनुहारहरु भित्रिन थालेका छन् । यतिवेला सार्वजनिक नयाँ लोकदोहोरी गीतको भिडियोबाट चर्चा कमाएकी छिन्–मोडेल संचिता शाहीले । “अन्धोपन” गीतबाट दर्शकहरुको नजरमा पर्न सफल यीनै मोडेल संचिता शाहीसंग हाम्रा सहकर्मी पवन भट्टराईले गरेको कुराकानीको सारसंक्षेप :

हिजोआज के मा व्यस्त हुनुहुन्छ ?

–खासै त्यस्तो त केही छैन् । मोडलिङ क्षेत्रमा रहेकोले केही म्युजिक भिडियो र फिल्मको सुटिङमै व्यस्त छु ।

अहिलेसम्म कतिवटा म्युजिक भिडियोमा काम गरिसक्नुभयो ?

–म यो क्षेत्रमा लागेको धेरै त भएको छैन् । तर अहिलेसम्म एक दर्जनभन्दा बढि भिडियोमा काम गरिसकेकी छु ।

मोडलिङ क्षेत्रका धेरै विधा छन् तपाईलाई लोकदोहोरी वा आधुनिक कुन विधाको मोडेल भनेर चिन्ने नि ?

–म मोडलिङ क्षेत्रमा विस्तारै जम्न सुरु गरेको छु । मेरो यात्रा लोकदोहोरी विधाबाट सुरु भएको हो । तर मेरो मान्यता के हो भने मोडेल सबै विधामा जम्न सक्नुपर्छ । यही क्षेत्रबाट धेरै मोडेलहरु नायिकासमेत बनिसकेका छन् । त्यसैले म सबै विधामा उपर्युक्त छु जस्तो लाग्छ । हाल म एक चलचित्रमा पनि काम गरिरहेकोले मोडेल र एक नायिकाको रुपमा दर्शकहरुले चिन्न सक्नुहुनेछ । गायक र गायिकाहरुलाई लोक, पप र आधिनिक भनेर छु्ट्याएजस्तै मोडेललाई यो वा त्यो भनेर छुट्याउन सकिदैन् ।

लोकदोहोरी गीत र आधुनिक, पप गीतमा मोडलिङ गर्दा कस्तो भिन्नता पाउनुहुन्छ ?

–हाम्रो समाज लोकदोहोरी गीतमा काम गर्ने कम र अन्य विधाका गीतहरुमा अभिनय गर्ने मोडेलहरुलाई त्यति धेरै मान्यता दिएको देखिँदैन् । आधुनिकलाई धेरै प्राथमिकता दिँदा लोकदोहोरीमा अभिनय गर्ने कलाकारहरु छायाँमा पर्ने गरेका छन् । यसमा मैले यही नै भिन्नता देख्छु ।

म्युजिक भिडियोमा भन्दा फिल्ममा धेरै भिन्नता छ, कस्तो प्रकारको फिल्म खेल्न इच्छा छ ?

–म्युजिक भिडियोमा भन्दा फिल्ममा धेरै फरक छ । फिल्म ठूलो क्षेत्र हो । गीतमा नाँचेर मात्रै पुग्ने जस्तो यहाँ हुँदैन् । धेरै अभिनयहरु गर्नुपर्ने हुन्छ । यही नै यसको भिन्नता छ ।

फिल्मको कथाबस्तु अनुसार तपाईले कतीसम्म प्रस्तुत हुन सक्नु हुन्छ ?

–फिल्ममा धेरै प्रकारका सिनहरु हुन्छन् । मैले बेडसिन, किस सिनहरु दिन सक्दिन् । यस्तो अफरहरु आएमा म फिल्म नै खेल्दिन् । त्यसैले सबैले हेर्न सक्ने खालको फिल्ममा मलाई देख्न सक्नुहुनेछ ।

मोडलिङ क्षेत्रमा लागिरहँदा अहिलेसम्म कस्तो अनुभव पाउनुभयो ?

–यो क्षेत्रमा लाग्न त्यति सजिलो छैन् । अरुको देखेर जति मान्छे सोँचेर आउँछन् यो क्षेत्रमा त्यति पाउँदैनन् । हामीले सोँचेको जस्तो यो क्षेत्रमा छैन् । अघि बढ्नका लागि धेरै नै संघर्ष गर्नुपर्छ । जब मानिस संघर्ष गर्छन् तब न सफल हुन्छन् । केही काम गर्दा दुःख गरियो भने बल्ल सफल भईन्छ । यही नै संघर्ष हो । यो क्षेत्रमा सफल हुन दुःख, संघर्ष गर्नु अपरिहार्य नै छ ।

तपाईको यात्रा यही क्षेत्रमा अघि बढ्छ कि बीचमै रोकिने अवस्था आउँछ ?

–म यही क्षेत्रमा जम्ने सक्दो कोशिशमा छु । आफू अन्तिम लक्ष्यमा नपुगुन्जेलसम्म म संर्घष गरिरहने छु । यही क्षेत्रमा आफ्नो भविष्य बनाउने कोशिशमा छु तर के हुन्छ त्यो अहिले नै म भन्न सक्दिन् । अरुले के गर्छन् भन्ने बारेमा म सोँच्दिन, चियोचर्चा गर्नु जरुरी पनि ठान्दिन् । म यही क्षेत्रमा अघि बढ्छु । मोडलिङ हुँदै नेपाली चलचित्रमा प्रवेश गर्ने मेरो चाहना छ । एउटा चलचित्रमा पनि काम सुरु गरिसकेको छु । म जहिलेसम्म मेहनत गर्न सक्छु त्यो बेला सम्म म यही क्षेत्रमा हुन्छु ।

आजभोली लोकदोहोरीमा पनि ग्ल्यामर प्रवेश गरेको देखिन्छ, तपाईको यात्रा कसरी अघि बढ्छ ?

–अन्य भिडियोहरुमाजस्तो लोकदोहोरी क्षेत्रमा खासै ग्ल्यामर दृश्य देखिदैन् र यसको आवश्यकता पनि छैन् । लोकदोहारी गीतहरु प्रायः सिरियस खालको हुन्छ यसमा ग्ल्यामर आवश्यक देखिँदैन् । लोकदोहोरीमा ग्ल्यामर पनि हुनुहुँदैन् र मलाई यस्तोबारे जानकारी पनि छैन्, मतलब पनि छैन् ।

तपाईलाई ग्ल्यामर मोडेलको रुपमा चिन्ने कि सामान्य ?

–म अहिलेसम्म जति भिडियोमा खेलेको छु प्रायः सबै सेन्टिमेन्टल गीत नै रहेका छन । त्यसैले मलाई ग्ल्यामर मोडेल होइन् सामान्य मोडेलको रुपमा चिन्न सक्नुहुनेछ । तर मेरो रुप र जिउ डालले धेरैले हट एण्ड सेक्सी मोडेल भन्छन् । यसमा मेरो कुनै आपत्ति छैन्, त्यस्तो भनेपनि म खुशी मान्छु ।

प्रायः मोडेलहरु ग्ल्यामर रुपमा प्रस्तुत भई चर्चा कमाउन खोज्छन्, तपाईलाई त्यस्तो गर्न मन लाग्दैन् ?

–मान्छेको सबै इच्छामा भर पर्छ । मेरो इच्छा नै सेन्टिमेन्टल गीत तर्फ नै छ । म अरुको देखासेखी गरेर ग्ल्यामर रुपमा प्रस्तुत हुन चाहन्न् । म पहिले देखिनै सेन्टिमेन्टल तर्फ ध्यान दिने भएकोले यसमै अघि बढे ।

मोडलिङ क्षेत्रमा अघि बढिरहँदा साथमै अघि बढ्ने व्यक्ति पाउनु भएको छ कि छैन् ?

–छैन् । म अहिले सिंगल छु । बिहे हुनेगरि मेरो कसैसंग माया बसेको छैन् । दर्शकहरुको माया लिएर अघि बढ्दै छु । अरु भविष्यले बताउँला ।

अहिलेसम्म कसैले प्रेम प्रस्ताव गरेको छैन् ?

–प्रेम प्रस्ताव गर्नेहरु त धेरै छन् । म मायाँ गर्छु, यस्तो बनाएर राख्छु भन्नेहरुको कमी छैन् । तर अहिलेसम्म मैले सच्चा माया गर्ने व्यक्ति पाएको पनि छैन् र खोजेको पनि छैन् । तर जीन्दगी सधै एक्लै चल्न सक्दैन् । कसै न कसैको अवश्य सहयोग चाहिन्छ । माया चाहिन्छ, सबै कुरा चाहिन्छ । तर सोँचेको जस्तो मान्छे पाउन निकै गाह्रो हुन्छ । समय आएपछि म सिंगलबाट डबल हुन सक्छु ।

माया भनेको के हो जस्तो लाग्छ ?

–माया भनेको एउटा सम्बन्ध मात्रै होइन् । माया भनेको हरेक कुरामा हुन्छ, हास्दा, डुल्दा, बस्दा, काम गर्दा हर कुरामा माया देखि प¥यो । संगै बस्दैमा, सम्बन्ध बढाउँदैमा मात्रै माया हो जस्तो लाग्दैन् मलाई । मायाको नाममा अनेकौ प्रकारका कामहरु हुन्छ् । कतिको मायाबीचमै टुटेका हुन्छन् । त्यस्तो माया मलाई जरुरत छन् । माया आफ्नो परिवारसंग, साथी, भाईबहिनीहरुसंग हुन्छ । देखावटी मायाको काम छैन् ।

तपाईलाई यहाँसम्म आईपुग्न कसको सहयोग पुग्यो ?

–मलाई यो यात्रासम्म आईपुग्न सर्वप्रथम त मेरो परिवारको धेरै सहयोग रह्यो । परिवारको सहयोग विना म यहाँसम्म आईपुग्न सक्दिन थिए । काठमाडौं आईपुगेपछि यहाँ साथीहरुको सहयोग पनि निकै महत्वपूर्ण रह्यो । म नाम नै भन्न चाहन्छु भावना आचार्यको मलाई निकै सहयोग रह्यो । अहिलेसम्म सबैको साथ र सहयोग पाईरहेको छु । यहाँजस्तो मिडियाहरुको पनि साथ र सहयोग पाईरहेको छु । आगामि दिनहरुमा पनि मैले पाउनेमा विश्वास लिएको छु ।

यसै क्षेत्रमा स्थापित हुनुहुन्छ या ?

म यसै क्षेत्रमा लागिरहन्छु ।

कुनैबेला यो क्षेत्रबाट पर पुग्छु भनेर भन्नु भएको थियो ?

मैले भनेकी छैन् । बिदेशमा गएपछि केही बर्ष बिताउँने फेरी फर्केर आएर यसै क्षेत्रमा लाग्ने मेरो लक्ष्य हो ।

तपाईलाई चिनाएका गीत कुन कुन हुन ?

बेशीमा घर सार, बोलको गीतले मलाई राम्ररी चिनाउ सफल भएको हो । आधुनीक गीत मेरो जीवन साथी, अहिले आएर मौसम गुरुङ सरको अन्धो पन बोलको गीतले मलाई राम्रै चिनाएको छ । म यति बेला पनि ओम छिनाललाई सम्झिन्छु । केशव घिमिरे दादालाई पनि बिर्सिन सक्दिन । उहाँहरूले मलाई विश्वास गरेर मलाई यो गीत दिनु भएको छ। त्यसैगरि म पनि विश्वास दिलाउँने प्रयास गर्नेछु । तत्काल मेरो अभिनयमा अरु गीतपनि आउँदैछन् ।

प्रस्तुति : पवन भट्टराई



प्रतिक्रिया दिनुहोस्