Logo

भ्रष्टाचारका जरा उखेली फाल्दिनुस् मेयरसाब : न्यौपाने



काठमाडौं, १५ जेठ । आज गणतन्त्र आएको १० वर्ष पुरा भएको छ। तर नेपाली जनताले गणतन्त्रको महसुस गर्न भने पाएका छैनन् ।

मुलुक स्थानीय तहको निर्वाचनमा हुुमिएको छ। कतै जनप्रतिनिधि छानि सकेका छन्। कतै छानिदैछन्। अब देशको आमुल परिर्वतन गर्नको लागि स्थानीय तहका जनप्रतिनिधि मार्फत सम्भव छ ।

यसै सन्दर्भलाई पोखरा कास्किकी साहित्यकार तथा समाजसेवि दुर्गा न्यौपानेले रचना गर्नु भएको गजल आजको सर्ज र सिर्जनामा :

गजल

भ्रष्टाचारका जरा उखेली फाल्दिनुस् मेयरसाब ।
अनैतिक,बेईमानका शिर ढाल्दिनुस् मेयरसाब ।

कर छली,मिचाहा प्रबृत्तिको बिगबिगी छ यहाँ .
चोर्न पल्केका गधा बाहिर निकाल्दिनुस् मेयरसाब

सत्य र ईमानको गला घोट्नेहरुको गनी गनी अब
डर लाग्दो गरि सातो उडाउन थाल्दिनुस् मेयरसाब

ख्याल राख्नुस् आफ्नै हुँ भनेर बाटो भड्काउलान्
त्यस्तालाई पिठोबाट घुन झैं चाल्दिनुस् मेयरसाब

ढल्न नदिनुस् आशा,भरोसा र विश्वासका पर्खालहरु
हेर्नेछन् साराले विकासको ज्योति बाल्दिनुस् मेयरसाब



प्रतिक्रिया दिनुहोस्

Screenshot