Logo

बजेट ल्याउन नदिने भएपछि प्रधानमन्त्री एमाले शीर्ष नेताहरुसँग छलफलमा



काठमाडौं, १५ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भरतपुर महानगरपालिकामा मतगणनामा धाँधली भएको घट्नालाई र प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता नलिएको विषयलाई लिएर सरकारले आज ल्याउने भनेको आर्थिक वर्ष ०७४/०७५को बजेट संसदमा प्रस्तुत गर्न नदिने चेतावनी दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिवेला एमाले शीर्ष नेताहरुसँगको छलफलमा छन् ।

सभामुख ओनसरी घर्तीमगरको कार्यकक्षमा शीर्ष नेताहरुवीच अहिलेपनि छलफल जारी छ । स्रोतका अनुसार एमालेले यी दुई वटा विषयलाई लिएर संसद चल्न नदिने चेतावनी दिएपछि प्रधानमन्त्री दाहाल एमाले नेतृत्वसँग सहमति जुटाउन छलफलमा छन् ।



प्रतिक्रिया दिनुहोस्